आजदेखि काठमाडौं उपत्यकामा लागाइएका सबै प्रतिबन्ध हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना महामरीका कारण काठमाडौं उपत्यकाभित्र लगाइएको सबै खाले प्रतिबन्ध शनिबारदेखि हटेका छन् । उपत्यकाको तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै आजदेखि उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटेकाे जानकारी दिएका हुन् ।

पछिल्लो केही समयदेखि कोरोना संक्रमण घट्दै गएकाले कोरोना संक्रमणका कारण लगाइएका प्रतिबन्ध फागुन २१ गते शनिबारदेखि लागू हुनेगरी हटाइएको जारी सूचनामा उल्लेख गरिएको छ । कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन सूचनामा भनिएको छ ।

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

ती प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्‌बाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।