गाली गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्यूरोमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री रेखा थापाले आफूलाई गालीगलौज गर्ने ए वान मिडिया विरूद्ध जाहेरी दर्ता गराएकी छिन् । ए वान मिडिया नामक युट्युबमार्फत शर्मिला वाइवाले आफूलाईलाई गालीगलौज गरेको भन्दै जाहेरी दर्ता गराएकी हुन् ।

नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको हो । पल प्रकरणमा पीडितको पक्षमा बोलेको भन्दै थापालाई गालीगालैज गरेको जारी उजुरीमा उल्लेख छ ।  थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी छिन् ।

एक दिनअघि थापाले सामाजिक सञ्जालमार्फत पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा लेखेकी थिइन् । उनले त्यसभन्दा अघि पनि सामाजिक सञ्जाजमार्फत पीडितको पक्षमा बोलेकी थिइन् ।

व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।