रौतहटका दुई जनामा कोरोना संक्रमणको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिका बस्ने २ जनामा कोरोना संक्रमित भेटिएको छरौतहटका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ।

रिपोर्ट पोजेटिभ आएका मध्ये देवाही बोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष छन् भने अर्को वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुष छन्।

बृन्दाबन ९ का बिरामी रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्काइएको थियो। उनी कतकत्ता बाट घर आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।