काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनमा रूसी गतिविधिहरूबारे अनुसन्धान सुरु गरेको आइसिसी अभियोजक करिम खानले जानकारी दिएका छन्।
सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आइसिसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण संकलनमा हाम्रो काम अब शुरु भएको छ, खानले विज्ञप्तिमा उल्लेख गरेका छन्।
आइसिसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछस्। अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूका लागि जवाफदेहिता सुनिश्चित गर्नेछ।
गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेसन सुरु गरेको जनाएको छ।
यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्।समेत गरेको छ ।

Comment