लोकगितको क्षेत्रमा देखिएको विकृती हटाउन अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । लोक तथा दोहोरी गितको क्षेत्रमा देखिएको व्याप्त विकृती विसंगति न्युनिकरण गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एक दिवसीय वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेकोे छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमालको संयोजकत्वमा भएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकसंगीतमा पछिल्लो पटक आएको विकृतीे बारे  छलफल  भएको थियो । 

छलफल कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. ले हिट हुने वहानामा आफुले गाउदा,शव्द चयन गर्दा विचार पुराउन पर्ने र संस्कार हिन कलाकारीको यात्रा लामो नभएकाले आफुले  लोक तथा दोहोरी गाउदा  संस्कार रहित शव्दहरु चयन गर्न समेत अग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पदाधिकारीहरुको उल्लेखय उपस्थित थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।