विवाहको खर्च कटाएर कुन्दन काफ्लेले गरे कोरोना कोषमा २ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेले आफ्नो विवाहको खर्च कटाएर कोरोना राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेविसंघका पूर्व महामन्त्री समेत रहेका नेता काफ्लेले आफ्नो विवाहको खर्च कटाएर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मार्फत नेपाल सरकारको कोरोना राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।

स्वास्थ्यमन्त्री ढकाललाई नेता काफ्ले र धर्मपत्नी मेनुका अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

काफ्ले र अधिकारी हिजो आइतबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।