थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ।

कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा झापाका एक पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै संक्रमितको संख्या ५२ पुग्यो । नयाँ संक्रमित झापाका ५० बर्षीय पुरूष हुन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर फर्कि सकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।