पश्चिमी वायुको प्रभावले केही प्रदेशमा वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पश्चिमी वायुको प्रभावले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहने भएको छ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको आकलन छ।

मंगलबार राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जनाएको छ। प्रदेश १ का पूर्वि तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।