काठमाडौंका विद्यार्थीलाई फाइजरको दोस्रो डोज लगाइँदै, हेर्नुहोस् काहाँ काहाँ पाईन्छ खोप ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्ध विद्यार्थीलाई फाइजर खोपको दोस्रो डोज दिइँदै छ।

जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार, २४ माघदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज दिन लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई फाइजरको दोस्रो डोज लगाइने महानगरको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन्।

महानगरका सबै वडामा शनिबार बाहेक बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने भएको छ। यसका ३२ वटै वडामा खोप केन्द्र तोकिएको महानगरले छ।

फाइजर खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका विद्यार्थीलाई दोस्रो डोज लगाउन आग्रह गरिएको छ। पहिलो डोज लगाएको खोप कार्ड बोकेर नजिकको खोप केन्द्रमा जान महानगरले अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।