कठमाडौ । पछिल्लो २४ घन्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो। ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४५ हजार २४८ सक्रिय संक्रमित छन्।
Comment