काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ।
सीसीएमसीको आज बसेको बैठकले पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको बताइएको छ।
कोरोनाभाइरसको तेस्रो लहर शुरू भएपछि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भएको थियो। पछिल्लो समय सार्वजनिक सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटेको थियो। तर, निजी सवारी साधनमा जोर-बिजोर प्रणाली यथावत रहेको छ।
यससँगै सीसीएमसीले १ फागुनबाट विद्यालय खोल्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय बन्द गरिएको थियो।
Comment