संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। मिर्गौला समस्याबाट ग्रसित थापाको आइतबार साँझ निधन भएको हो।

उनले केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। थापाको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।