काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु दर्ता भएका छन् ।
उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा १५४ उद्योगमा १ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
विभागमा दर्ता भएका १५४ उद्योगमध्ये ५४ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन्। ती उद्योगले १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।
यसमध्ये १२९ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने ३० अर्ब ५६ करोड रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।
विदेशी प्रस्तावित लगानी परियोजनामा ८ हजार १ सय १६ जनाले रोजगारी पाउने छन्। तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा १३ वटा डिजाइन दर्ता र १६८० वटा टेड्रमार्क दर्ता भएका छन् ।
प्रारम्भिक वातावरणीय परीक्षण ३७ रहेको छ ।
Comment