स्वास्थ्य समस्या परे गर्नुस् ११५६ नम्बरमा फोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब कुनै स्वास्थ्य समस्या देखियो भने ११५६ नम्बरमा कल गरेर परामर्श लिन सकिने भएको छ।

कोभिड–१९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गइरहेकाले सर्वसाधारणलाई पर्न सक्ने स्वास्थ्यसम्बन्धी समस्याका लागि उक्त कल सेन्टरमा सम्पर्क गरेरआवश्यक परामर्श लिन सक्ने व्यवस्था मिलाइएको हो।

नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर मंगलबारदेखि सञ्चालनमा आएको हो।

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कल सेन्टर खुला रहने संघका महासचिव डा. बद्री रिजालले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।