सीटीइभीटीका परीक्षा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले परीक्षाहरू स्थगित गरेको छ ।

सीटीइभीटीको मंगलबार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्ला केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या बढेकाले परीक्षाहरू स्थगित गरिएको सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताए ।

विश्वविद्यालय, लोकसेवा आयोगलगायतले परीक्षा स्थगित गरेकाले सीटीभीटीले पनि आफ्ना परीक्षा स्थगित गरेको उनकाे भनाइ छ ।

उनका अनुसार अर्को सूना नआउँदा सम्मको लागि वार्षिक परीक्षाहरू स्थगित गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।