पोखरीमा डुबेर तीन बालकको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । बाँकेको बैजनाथ गाउँपालिका २, पितमारीस्थित पाेखरीमा डुबेर तीन बालकको निधन भएको छ । 

 बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

निधन हुनेमा  पितमारीकै १२ वर्षीय नरेश कुँवर, १२ वर्षीय नवीन परियार तथा ११ वर्षीय अनित रावत छन्  ।

प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।-रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।