तनहुँमा ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । व्यास नगरपालिका कार्यालयले २ सय ७५ बोरा प्याज, आलु र केही बोरा चामलसिहत एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

 व्यास-३ का मुनिलाल शाहको पसलबाट नगरपालिकाले बिहीबार ग१क ३५१२ नम्बरकाे ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

काेेराेना संक्रमणलाई ध्यान दिँदै नगरपालिकाले केही दिन अघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको छ।

भारतको सीमाबाट लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरेर सामानसहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।