काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। 

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्ने बारेमा मात्र उल्लेख थियो। 

निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ। माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ। 

यसका साथै प्रशासनले उपत्यकामा विश्वविद्यालय / विद्यालयद्वारा संचालित परीक्षा समेत रोक्ने थप निर्णय गरेको छ। 

यस्तो छ प्रशासनको आदेश :


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।