उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालत पाटनका १३ जना न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । अदालतका न्यायाधीश र कर्मचारी संक्रमित भएपछि अदालतले दिने सेवासमेत प्रभावित भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।