काठमाडौं । जनघनत्व बढी भएको काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार कोरोना भाइरसका ३९३९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९४३ जना, ललितपुर जिल्लामा ७९५ जना र भक्तपुर जिल्लामा २०१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार देशभर थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन् । आधाभन्दा बढी संक्रमित काठमाडौ उपत्यकामा मात्र थपिएको मन्त्रालयले जनाएको छ । केही दिनयता देशभर संक्रमित हुने दर बढ्न थाले देखिनै काठमाडौंमा सबैभन्दा बढी संक्रमण पुष्टि हुँदै आएको छ ।
देशभर सोमबार ६७३४ जनामा संक्रमण पुष्टि भएको छ ।
Comment