काठमाडौं । प्रदेश २ को राजधानी जनकपुर कायम भएकाे छ ।
राजनीतिक दलहरूको साझा प्रस्तावको रुपमा जनकपुर राजधानी कायम गर्ने प्रस्तावमाथि साेमबार भएको मतदानमा प्रदेशसभाको दुई तिहाइ मत प्राप्त भएपछि जनकपुर नै स्थायी राजधानी कायम भएको हो ।
२०७४ सालयता जनकपुर नै अस्थायी राजधानीको रुपमा रहँदै आएको थियो । मतदानमा ९९ मत परेको थियो । जसमध्ये जनकपुर नामको पक्षमा ७८ मत परेको थियो ।
दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुर नै स्थायी राजधानी कायम भएको हो ।
राजधानीका लागि पनि जनकपुर र वीरगंजलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएका थिए ।
Comment