काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क औषधी उपचार र उचित व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ ।
संघले सोमबार पत्र जारी गर्दै कोरोना भाइरस विश्वव्यापी महामारीकाे रूपमा कायमै रहेको र यसले नयाँ-नयाँ सोरुप लिर्दै आएको र अस्पताल तथा स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेको हुँदा त्यस्ता स्वास्थ्यकर्मीलाई निःशुल्क औषधी उपचार तथा व्यवस्था गर्न माग गरेको हो ।
संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीहरुलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग गरेको छ ।
Comment