करीब १४ टन सहायता सामग्री लिएर नेपाली टोली काबुल उड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल सरकारले चरम मानविय संकटको सामना गरिरहेका अफगानीस्तानी जनताका लागी औषधि तथा लत्ताकपडाको सहायता उपलब्ध गराउने भएको छ । 

परराष्ट मन्त्रालयको टोली आज करिब १४ टन बराबरको औषधि तथा लत्ताकपडा सहितका सहायता सामाग्रीहरु बोकेर काबुल उडेको हो । 

परराष्ट मन्त्री नारायण खड्काले नेपाल सरकारले उपलब्ध गराउने सहायता सामाग्रीको सुचीमा औषधि, लत्ताकपडा, भाँडाकुडा लगायत सामाग्री रहेको बताए । 

यो सामाग्री नेपालले अफगानिस्तानस्थित संयुक्तराष्ट संघ मार्फत उपलब्ध गराउनेछ । 

नेपालले पहिलो पटक जहाजबाट एकै पटक यतिठूलो मात्रामा अर्को देशलाई सहायता उपलब्ध गराएको हो । यो सहयोगले नेपालले सदैव सहयोग लिने मात्रै होईन, आवश्यक पर्दा अन्य देशमा सहयोग पनि पठाउँछ भन्ने सन्देश जाने मन्त्री खड्काले पत्रकार सम्मेलनमा बताए । 

काबुलका लागि सहायता सामाग्री बोकेको जहाज उड्नुअघि मन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।