काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २१९ नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ६३६ जना नयाँ संक्रमित थपिदाँ काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।
साथै, पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।
Comment