निर्वाचन आयोगले १७ दललाई बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावको मितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।
आयोगले आज बिहान साढे ११ बजे सर्वदलीय बैठक बोलाएको छ। आयोग पदाधिकारीहरूले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी वैशाखमा चुनाव गर्ने प्रस्ताव गरेका थिए।
उनीहरूले स्थानीय तहको चुनावका लागि दुई वटा मिति सुझाएका थिए। आयोगका पदाधिकारीले १४ वैशाख र २२ वैशाखमा चुनाव गर्न सकिने प्रस्ताव गरेका थिए।
दलहरूसँगको परामर्शपछि स्थानीय चुनावको मिति सिफारिश गर्न बैठक आह्वान गरिएको आयोगले जनाएको छ। ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि केही ५ जेठमा सकिँदै छ।
स्थानीय चुनाव निर्धारित समयमै सम्पन्न हुनुपर्ने आवाज उठिरहेका वेला आयोगले मिति सिफारिशका लागि बैठक आह्वान गरेको हो। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।