फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनद्धारा रक्तदान सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एशोसिएसनले २२औं वार्षिकोत्सवको अवसरमा व्यावसाय, समाज र सामाजिक उत्तरदायित्व भन्ने नाराका साथ आज रक्तदान सम्पन्न गरेको हो ।

गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए ।बढ्दै गइरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव हुन नदिन तथा रगतको आपूर्ति सहज होस भनि आज रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा पनि जारी रहने संस्थाका महासचिव ज्ञानेन्द्र दाहालले बताए ।

संघका पूर्व अध्यक्ष, सल्लाहकार, एवं कार्यसमिति र संघका सदस्यहरुको सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कोरोना संक्रमणको तेस्रो लहरकोे जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।