साइप्रसमा भेटियो कोरोनाको नयाँ भेरियन्ट‘डेल्टाक्रोन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साइप्रसमा ओमिक्रोन र डेल्टा मिश्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टी भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।

साइप्रसका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको शनिबार जनाएका हुन् ।

युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको हाइब्रिड भेरियन्ट ‘डेल्टाक्रोन’ पत्ता लगाएका हुन् ।

रिपोर्टका अनुसार साइप्रसमा अहिलेसम्म डेल्टाक्रोनका २५ जना बिरामी फेला परेका छन् । तर, यो भेरियन्ट कत्तिको घातक छ र यसको प्रभाव के हुन्छ भन्ने बारे बोल्न कठिन भएको प्राध्यापक कोस्ट्रिक्सको भनाइ छ।

कोस्ट्रिक्सले भने,’ के यो स्ट्रेन धेरै प्याथोलोजिकल वा बढी संक्रामक छ वा यो विगतका दुई मुख्य स्ट्रेनहरू भन्दा बढी प्रभावकारी हुन्छ कि भनेर हामी पत्ता लगाउनेछौं।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।