गाउँपालिकामा कार्यरत इञ्जिनीयर दुई लाख २६ हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घ्याङलेख गाउँपालिकाका सिन्धुलीमा  गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको छ । 

शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए।

शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग रु दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन्।

उहाँको साथबाट कृषि विकास बैंकको रु ७० हजारको चेक, सिटिजन बैंकको रु एक लाख ६० हजारको चेक र स्रोत नखुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको उहाँले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।