बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । दोगडाकेदार गाउँपालिका-५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ ।

गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताए । 

इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।