हाइटीका प्रधानमन्त्रीको हत्या प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरी बन्दुकधारीको आक्रमणबाट बालबाल बचेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री हेनरीको हत्या प्रयास भएको हो । 

 अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, शनिबार  गोनाइवेसस्थित चर्चमा आयोजित कार्यक्रममा हेनरी सहभागी भएका थिए । त्यहीँ क्रममा उनीमाथि बन्दुकधारीले गोली प्रहार गरेका हुन् । 

सामाजिक सञ्जालमा हेनरीलक्षित आक्रमणको भिडियो पोस्ट् भएको छ । जसमा हेनरी र उनका सुरक्षाकर्मी गोली छल्दै गाडीतर्फ लम्किएको देख्न सकिन्छ । 

हाइटीमा उच्च पदस्थ अधिकारी बन्दुकधारीको निशानामा पर्दै आएका छन् । गत जुलाइमा मात्रै त्यहाँका राष्ट्रपति नोभेनल मोइजको हत्या भएको थियो । 

त्यहाँ क्रियाशील आपराधिक सममूहले ग्यासमा कब्जा जमाउँदै आएको छ । जसप्रति हेनरी कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । उनीमाथिको आक्रमणलाई त्यसकै आक्रोसका रूपमा हेरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।