अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि ग्रीन कार्डमाथि प्रतिबन्ध लगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अनिश्चित कालका लागि प्रवेशमा रोक लगाउने घोषणा गरेको भोली पल्टै बर्षौदेखि त्याहाँ बसीरहेका नागरिकहरुले प्राप्त गरेको ग्रिनकार्ड समेत दुई महिनाका लागि निलम्बन गर्ने घोषणा गरेका छन् ।

यो आदेश निकै कठोर हुनेछ , ट्रम्पले नियमित पत्रकार सम्मेलनमा ह्वाईट हाउसमा भने । आदेश तयार भईरहेको छ र छिट्टै मसगँ हस्ताक्षरका लागि आईपुग्ने उनले बताए ।

स्थायी रुपले अमेरीका बस्न चाहने नयाँ आप्रवासीहरुप्रति यो प्रतिवन्ध ६० दिन भन्दा पनि बढ्न सक्ने समेत उनले बताए । यसको निर्भर भने अमेरीकी अर्थव्यवस्थामा भर पर्ने उनको जिकिर छ । उनले केही सहुलियतको समेत व्यवस्था गरेको जनाए ।

सबै भन्दा पहिला अमेरीकी कामदारको सुरक्षा गर्नुपर्ने भएकाले आप्रवासीमाथि यस्तो निर्णय गर्नु परेको उनको दाबी छ ।

महामारीका कारण लाखौँ अमेरीकी नागरिकको रोजगारी गुमेकाले उनीहरुको रोजगारी पुनः सुनिश्चित गर्न आप्रवासीहरुमाथि कठोर नीति लिईएकाे ट्रम्पको दाबी छ । अमेरीकामा दशौ लाख एशियाली तथा अफ्रीकी र अन्य मुलुकमा आप्रवासीहरु रहँदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।