रसुवामा नि:शुल्क स्वास्थ्य शिविर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । ग्रामीण भेगका महिलाहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै रसुवामा ग्लोबल आईएमी बैंकले एक दिने निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नौकुण्ड गाउँपालिका-३ पारच्याङमा बैकले एक दिने निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

आर्थिक अवस्था कमजोर भई अस्पताको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरि बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा एक दिने शिविर सञ्चालन गरेको ग्लोबल आईएमी बैक नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरुले बताए । 

शिविरमा सबैभन्दा बढी आङ खस्ने, महिनावारी बिग्रने तथा अस्थायी तथा स्थायी बन्ध्याकरण परिवार नियोजनका सेवाहरू प्रदान गरिएको थियो । टाढा गई उपचार गर्नुपर्ने अवस्थामा गाँउमै दक्ष चिकित्सकसहित उपचार तथा औषधिसमेत नि:शुल्क पाएकोमा उपचारमा संलग्न महिलाहरूले खुसी प्रकट गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।