एसएसपी यादव मृत अवस्थामा फेला, आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। आज बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो। फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ। हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,’ एसएसपी कुँवरले भने।

उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनी कार्यालयको क्वाटरमा मृत फेला परेका हुन्। उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।