विवेकशील साझा छाड्ने रञ्जु दर्शनाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी छाड्ने घोषणा गरेकी छन्।

दर्शनाले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आजैदेखि लागू हुने गरी विवेकशील साझा पार्टी छाडेको घोषणा गरेकी हुन्। “वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्वत्ता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु,” नेत्री दर्शनाले भनेकी छन्, “तसर्थ यस पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु।”

उनी अहिले विवेकशील साझाको बागमती प्रदेश संयोजक छिन्। २०७४ को स्थानीय निर्वाचनमा काठमाडौंको मेयरको उम्मेदवार बनेपछि चर्चा पाएकी थिइन्।

उनी १० वर्षदेखि विवेकशील आन्दोलन तथा पार्टीसँग संलग्न थिइन्। शुरूआतमा विवेकशील आन्दोलनमा रूपमा सक्रिय उनी २०७१ मा पार्टी बनेपछि केन्द्रीय नेतृत्वमा थिइन्।

“म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,” दर्शनाले भनेकी छन्, “मिति २०७८ पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछु।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।