संसद् बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ ।

संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक-पटक रोक लगाइनु दुःखद् रहेको बताएका छन् । 

विज्ञप्ति

प्रतिनिधिसभाको २०७८ पुस ६ गते मंगलबारको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारहरूलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । समाचार संकलनमा सहजीकरण गर्नुको साँटो संघीय संसद् सचिवालयबाट पटक-पटक रोक लगाइनु दुःखद् हो । संसद् लोकतन्त्रको सर्वोच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।

उपरोक्त विषयमा संसद् सचिवालयका पदाधिकारीलाई ध्यानाकर्षण गराइएको छ । अबउपरान्त यस्ता घटना नदोहोरियोस् भन्नका लागि संसदीय मामिला पत्रकार समाज सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

सचिव

जयसिंह महरा 

संसदीय मामिला पत्रकार समाज

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।