‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा सक्रिय हुँदै साहित्य अनुसन्धानमा पनि रूचि राख्ने साहित्यकार विजय सापकोटाको अनुसन्धानमूलक कृति ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण प्रकाशन भएको छ ।

२०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल संशोधित एवम् परिमार्जितरूपमा बजारमा आएको यो पुस्तक काभ्रेपलान्चोक जिल्लामा नेपाली भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो । प्रस्तुत पुस्तकले साहित्यिक इतिहासलाई लिपिबद्ध गर्ने क्रममा काभ्रेली नेपाली साहित्यको आदिकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसित जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख राखेको छ । 

मुख्य विषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक, राजनीतिक एवम् सामाजिक–सांस्कृतिक अवस्था र इतिहासलाई समेत समेटिएकोले यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणीय छ ।

पुस्तक कलम प्रकाशनले प्रकाशित गरेको हो ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।