मौसम पूर्वानुमान : यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भू-भागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमतीका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।