कोरोना कहरले कवि बनायो, मनिता घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनिता घिमिरे

आज देवताको महल बन्द छ

पूजा र आरती उतारूँ म कहाँ ?

धर्म र जातको युद्ध बन्द छ

राजनीतिको बीऊ उमारूँ म कहाँ?

धन र दौलतका कारखाना बन्द छन

नाफा घाटाको रसिद देखाऊँ म कहाँ?

शक्तिशालीले नै जीवन रक्षाको भीख मागेको देखेर

अणु बम र हतियार फ्याकौँ म कहाँ?

आमाको एक सप्को आँचल खोज्दै छु 

अन्तिम स्वासका लागि आमा कै काख रोज्दै छु 

सम्पति र तागतहरू एक एक गर्दै ढलेको देखेर

मानवता नै ध्रूवसत्य रहेछ भन्ने विश्वास बोक्दै छु 

एकपटक महाप्रलयको आभाष दिएर

टुक्रिएका मनहरू जोडेका छौ तिमीले

बिर्सिएका ममताहरू जिवीत गरायौ तिमीले

हराएको हाम्रो परोपकारी संस्कार पुनार्जाग्रित गरायौ तिमीले

लाखौंको ज्यानमाथि धावा बोलेको छौ

करोडौँको परिवारलाई रुवाएको छौ

पूँजीवादी धरातल नै हल्लाएर एकपटक

मानवताको गीत सुनाएको छौ तिमीले ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।