काठमाडौं । नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ।
Comment