काठमाडौँ । चीनबाट शुक्रबार बिहान २७ टनभन्दा बढी मेडिकल सामग्री नेपाल भित्रिएको छ।
नेपाल एयरलाइन्सका दुई वटा चार्टर्ड जहाजले व्यवसायीले खरिद गरेका सामान लिएर नेपाल आइपुगेका हुन्।
फ्लास फ्रेट र सांग्रिला फ्रेटले विमान चार्टर्ड गरेका हुन्। स्रोतका अनुसार सांग्रिलाले चार्टर्ड गरेको जहाजले १० टन र फ्लास फ्रेटले १७ टनभन्दा बढी मेडिकल सामग्री नेपाल ल्याएको छ।
यसअघि पनि व्यवशायीले खरिद गरेका सामान लिन नेपाल एयरलाइन्सको जहाज दुईपटक चीन गएको थियो। रासस
Comment