मौसम पूर्वानुमान : आज पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकका पहाडी भूभागमा शुक्रबार वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।