थप ५९१ जनामा कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३८२ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ४०७ र एन्टीजेनबाट ९४ हजार ३६९ पुगेको छ। 

नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।