सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।