सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।    

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।       

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।