मौसम पूर्वानुमान : आज देशभर सामान्य बदली, केही ठाउँमा वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आज देशभर आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा वर्षा हुनेछ। त्यस्तै, अन्य प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।