नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। रामेछाप जिल्ला लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेडको सहकार्यमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयका वडा अध्यक्ष  शिव प्रसाद न्यौपानेको सभापतित्वमा संचालित सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका बन, बाताबरण तथा उद्योग मन्त्री माननिय शान्ती प्रसाद पौडेलले पानसमा बत्ती बालेर गरेका थिए । 

त्यसैगरि कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी  दिपक पहाडीको उपस्थिति थियो । कार्यक्रम रामेछाप जिल्लाका प्रहरी प्रमुख  नवराज ढुङ्गाना, लिखुतामाकोसी गाँउपालिकाका उप–प्रमुख दिपसिखा दाहाल र नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख  बिनय केसरी पौडेल लगायतका अतिथिहरुका साथै लिखुतामाकोसी गाँउपालिका वडा नं. ६ लगायत यस क्षेत्र आसपासका करिव ३०० जना स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु, उद्योगीहरु, बिद्यार्थीहरुको उपस्थितीमा करिव ४ घण्टा सो कार्यक्रम संचालन भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका बन, बाताबरण तथा उद्योग मन्त्री माननिय शान्ती प्रसाद पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ्ग क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको र यसको लागि सरकार सधैं तयार रहेको कुरा बताए । त्यसै गरि  नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले ग्राहक महानुभावहरुले बैक प्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको व्यहोरा जानकारी गराउदै बैकवाट लाभान्वित हुन सम्पुर्णमा आग्रह गरे । 

बैकिङ्ग ज्ञान अभिबृदि गर्न, बचत प्रोत्साहन गर्न, पूँजी निर्माण गरि उद्यमशिलता बृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा  डिजिटल बैकिङ्ग प्रति ग्राहक महानुभावहरुले देखाएको आर्कषणको साथै डिजिटल बैकिङ्गका फाईदा तथा चुनौतीहरुको बारेमा कार्यक्रमका प्रशिक्षकहरुले प्रकाश पारेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।