नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचततर्फ न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्यादर तोकेको छ । बैंकले हाल २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तथा संस्थागततर्फ ३ महिना भन्दा माथिको अवधिका लागि ८.०५ प्रतिशत तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.६० प्रतिशतदेखि अधिकतम ५.०२ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.७३ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।