८ सय ४५ जना कोरोना संक्रमणमुक्त हुँदा १४७ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप १ सय ४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

१ हजार ४४६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा ३२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ सय ४५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भइसकेका छन् । 

आज थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २७८ जनाको मृत्यु भइसकेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।