कोरोना भाइरसबाट १९ लाखभन्दा बढी संक्रमित, भारतमा ३५८ को मृत्यु संक्रमितको संख्या १० हजार ४ सय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या विश्वभर हालसम्म १ लाख १९ हजार ६१८ जना रहेका छन् भने संक्रमितको संख्या १९ लाख २३ हजार ८ सय भन्दा बढी रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३५८ पुगेको छ ।

भारतमा एकैदिन १हजार २४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० हजार ४५३ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएका छन् । ८ हजार ९१४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

येस्तै, सबैभन्दा बढी अमेरिकामा २३ हजार ६१८ जनाको मृत्यु भएको छ।

इटालीमा २० हजार ४६५ जनाको मृत्यु भएको छ भने स्पेनमा १७ हजार ७५६ जनाले ज्यान गुमाइसकेका छन्।

फ्रान्समा १४ हजार ९६७ र बेलायतमा ११ हजार ३२९ जनाको मृत्यु भएको तथ्यांक छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।