कृषि विकास बैंकको सञ्चालकमा रमेश कुमार के.सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालकमा रमेश के.सी. नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय तथा  बैंकको शेयरधनी नेपाल सरकार, अर्थ मन्त्रालयको असोज १ गतेको पत्राअनुसार के.सी. बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

उनी अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सह–सचिव हुन् । मन्त्रालयको प्रतिनिधिको रूपमा बैंक सञ्चालक सदस्य मनोनित भएका के.सी.ले बैंकको सञ्चालक समितिको असोज ६ गतेको बैठकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेको बैंकले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।